आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले कटायो ३ लाख मत

बुधबार, ०७ मङ्सिर २०७९, २० : २०
बुधबार, ०७ मङ्सिर २०७९

प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले ३ लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म भएको मतगणनामा एमालेले समानुपातिकतर्फ ३ लाख एक हजार ५९८ मत प्राप्त गरेको हो । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ लाख ८० हजार २७२ मत प्राप्त गरेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी एक लाख ५१ हजार ५९ मतसहित तेस्रो स्थानमा रहँदा चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले एक लाख ३६ हजार ५९८ मत प्राप्त गरेको छ । यसैगरी पाँचौं स्थानमा रहेको राप्रपाले ७९ हजार ९२८ मत प्राप्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप