जयनगर–कुर्था : तीन चरणमा रेल सेवा चल्ने
जयनगर–कुर्था रेल्वे मार्गमा मङ्सिर ११ गतेदेखि १३ गतेसम्म रेल सेवा दैनिक तीन ‘सिफ्ट’ मा चल्ने भएको छ । मिथिला क्षेत्रको प्रसिद्ध सीताराम विवाह पञ्चमी पर्वलाई दृष्टिगत गरी मङ्सिर ११, १२ र १३ गतेसम्म रेल सेवा दैनिक तीन सिफ्ट चलाइने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
विवाह पञ्चमी मेला महोत्सवका लागि आउने धार्मिक तीर्थयात्री तथा भक्तजनको सुविधालाई मध्यनजर गरी तीन दिन बिहान ८ः३० बजे जयनगरबाट कुर्था, बिहान १०ः४५ बजे कुर्थाबाट जयनगर, पुनः १२ः३० बजे जयनगरबाट जनकपुरधाम, दिउँसो १ः४० जनकपुरबाट जयनगर तथा दिउँसो ३ बजे जयनगरबाट कुर्था र बेलुका ५ः१५ बजे कुर्थाबाट जयनगर रेल सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए ।
जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको उद्घाटन गरेका थिए। त्यसयता रेल सेवा दैनिक दुई पटक आउने र दुई पटक जाने गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण