कञ्चनपुर –३ मा रमेश लेखकको ह्याट्रिक
बुधबार, ०७ मङ्सिर २०७९, १९ : ४४
नेपाली कांग्रेसका नेता रमेश लेखक कञ्चनपुर ३ बाट भारी मतान्तरसहित निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार लेखकले राप्रपाको समर्थन पाएकी एमाले निरुदेवी पाललाई १२ हजार ७५ मतान्तरले पराजित गराएका हुन् ।
लेखकले ३० हजार ५२३ मत ल्याउँदा पालले १८ हजार ४४८ मत मात्र पाएकी छिन् । ०७४ मा तत्कालीन गठबन्धनका साझा उम्मेदवार दीपकप्रकाश भट्टसँग २५६ मतले पराजित लेखकले ह्याट्रिय गरे । २०५६ मा कञ्चनपुर – ३ बाट निर्वाचित भएका उनी २०७० मा तत्कालिन कञ्चनपुर – ४ विजयी भएका थिए ।
२०६४ मा भने लेखक समानुपातिकाबाट संविधानसभा सदस्य बनेका थिए । २०३७ मा नेविसंघको जिल्ला उपसभापति हुँदै राजनीतिमा आएका लेखक २०४८ मा नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सचिव, २०५६ मा पुनः सचिव बने । २०७२ र ०७८ मा लगातार कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण