बारा ४ मा प्रदेशसभातर्फ एउटा क्षेत्रमा एमाले र अर्को क्षेत्रमा लोसपा विजयी
बारा निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा सदस्यतर्फ ९क० मा देवनारायण चौधरी र (ख) मा जितेन्द्र सोनल विजयी भएका छन् । प्रदेशसभा सदस्य (क) मा सत्ता गठबन्धनका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ (अनिल) लाई पछि पार्दै एमाले उम्मेदवार चौधरी विजयी भएका हुन् ।
चौधरीले १३ हजार २१३ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ (अनिल) ले ८ हजार ५०९ मत प्राप्त गरे ।
त्यसैगरी ४ (ख) मा एमाले–जसपा गठबन्धनका उम्मेदवार आत्मराम साहलाई पछि पार्दै लोसपा नेपालका जितेन्द्र सोनल निर्वाचित भएका हुन् । सोनल सत्ता गठबन्धनका उम्मेदवार हुन् ।
सोनलले १३ हजार ५९६ मत प्राप्त गर्दा जसपा उम्मेदवार साहले ८ हजार २९६ मत प्राप्त गरे ।
मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा विकास मन्त्री समेत रहेका सोनल २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
जिल्ला निर्वाचन कार्यालय बाराले बारा ४ को (क) र (ख) मा चौधरी र सोनल निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी छ । समानुपातिक मतको गणना पश्चात मात्रै घोषणा सार्वजनिक घोषणा गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण