शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बारा ४ मा प्रदेशसभातर्फ एउटा क्षेत्रमा एमाले र अर्को क्षेत्रमा लोसपा विजयी

बुधबार, ०७ मङ्सिर २०७९, १९ : १६
बुधबार, ०७ मङ्सिर २०७९

बारा निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा सदस्यतर्फ ९क० मा देवनारायण चौधरी र (ख) मा जितेन्द्र सोनल विजयी भएका छन् । ​प्रदेशसभा सदस्य (क) मा सत्ता गठबन्धनका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ (अनिल) लाई पछि पार्दै एमाले उम्मेदवार चौधरी विजयी भएका हुन् । 

चौधरीले १३ हजार २१३ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार क्षेत्रबहादुर श्रेष्ठ (अनिल) ले ८ हजार ५०९ मत प्राप्त गरे । 

त्यसैगरी ४ (ख) मा एमाले–जसपा गठबन्धनका उम्मेदवार आत्मराम साहलाई पछि पार्दै लोसपा नेपालका जितेन्द्र सोनल निर्वाचित भएका हुन् । सोनल सत्ता गठबन्धनका उम्मेदवार हुन् ।
सोनलले १३ हजार ५९६ मत प्राप्त गर्दा जसपा उम्मेदवार साहले ८ हजार २९६ मत प्राप्त गरे । 

मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधार तथा विकास मन्त्री समेत रहेका सोनल २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

जिल्ला निर्वाचन कार्यालय बाराले बारा ४ को (क) र (ख) मा चौधरी र सोनल निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी छ । समानुपातिक मतको गणना पश्चात मात्रै घोषणा सार्वजनिक घोषणा गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप