झापा – ५ बाट ओली भारी मतान्तरले निर्वाचित
बुधबार, ०७ मङ्सिर २०७९, १८ : ५९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित झापा ५ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै ओली निर्वाचित भएका हुन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले ५२ हजार ३१५ मतले विजय हासिल गर्दा नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका छन् । उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ।
२०७४ को निर्वाचनमा पनि ओलीले अधिकारीलाई नै पराजित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण