लोकप्रिय मतका साथ तेस्रो प्रयासमा विश्वप्रकाश विजयी
नेपाली कांग्रेसका महामन्त्री विश्प्रकाश शर्मा भारी मतान्तरका झापा – १ बाट निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार शर्माले एमाले–राप्रपाका साझा उम्मेदवार अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका हुन् ।
शर्माले ३९६२४ मत पाउँदा खरेलले २५३४९ मत मात्रै पाए । एमालेको प्रभाव क्षेत्र मानिने झापा – १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो । २०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए ।
शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।
दुई पटक यसै क्षेत्रबाट पराजित भएका महामन्त्री शर्माले लोकप्रिय मतका बलमा तेस्रो प्रयासमा संसद यात्रा तय गरे । एमाले– राप्रपाको तालमेलपछि स्थानीय निर्वाचनको मत अनुसार सात हजार ७७६ मतले खरेलभन्दा शर्मा पछाडि देखिएका शर्माले त्यसको दोब्बर मतान्तरले बाजी मारे । पार्टी राजनीतिमा छलाङ मार्दै आएका शर्माले यसपटक संसदीय राजनीतिले पनि साथ दिएको छ ।
नेविसंघबाट राजनीति थालेका शर्मा झापाको धुलाबारी माविमा नेविसंघ इकाइ सभापति बनेका थिए । उनी २०४३ मा मेची क्याम्पसमा नेविसंघको सभापति र २०४७ सालमा जिल्ला सभापति बने । अर्को वर्ष नेविसंघको केन्द्रीय सदस्यमा चुनिए ।
२०५३ सालमा नेविसंघको महामन्त्री र २०५७ मा सभापति बने । कांग्रेसको १२ औं महाधिवेशनमा पार्टीको झापा जिल्ला सभापतिमा पराजित शर्मा १३औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएर प्रवक्ता बन्न सफल भए । १४ औं महाधिवेशनमा लोकप्रिय मतका साथ महामन्त्रीमा विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण