शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दलहरूको व्यवहारका कारण मतदान कम भयो : भोजराज पोखरेल

बुधबार, ०७ मङ्सिर २०७९, १८ : ३४
बुधबार, ०७ मङ्सिर २०७९

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरुका व्यवहारका कारण प्रतिनिधिसभा र प्रदशसभा निर्वाचन–२०७९ मा मतदान गर्नेहरुमा कमी आएको टिप्पणी गरेका छन् । राजनीतिक दलहरुको व्यवहारबाट विरक्तिएका र मतदाताहरुलाई सचेत बनाउन नसकिएका कारण सो निर्वाचनमा मत हाल्नेहरुको संख्यात्मक परिणाम घट्न गएको उनको निष्कर्ष छ ।

आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले विदेशमा रहेका मतदाताहरुसँग बढन गएको, खेतीको सिजनका कारण पनि निर्वाचनमा कम मत खसेको समेत स्पष्ट पारे ।  

पोखरेलले पैसा र डिजिटल प्रविधिको व्यवस्थापन गर्नुपर्ने कुरा यो निर्वाचनले मुख्य चुनौतीको रुपमा औंल्याएको पनि बताए ।  निर्वाचनमा परिपक्वता आएपनि पैसा र डिजिटल प्रविधिको दुरुपयोग रोक्न भने निर्वाचन पर्यवेक्षकहरुले पनि आगामी दिनमा ध्यान दिनुपर्ने उनको भनाई थियो । पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले निर्वाचनमा सुरक्षा चुनौती र मतदाता शिक्षामा कमी रहेको पाइएको पनि बताए ।  

निर्वाचनमा केही छिटफुट घटना भएपनि मतदान प्रक्रियाको विश्वसनियता र स्वच्छन्दतामा प्रतिकूल असर हुने कुनै पनि गतिविधि नभएको निर्वाचन पर्यवेक्षणमा खटिएका नियोक र जियोकको पनि प्रारम्भिक टिप्पणी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप