शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देहीका पाँचमध्ये तीन क्षेत्रमा एमाले–राप्रपा गठबन्धनको अग्रता कायमै

बुधबार, ०७ मङ्सिर २०७९, १८ : ३०
बुधबार, ०७ मङ्सिर २०७९

प्रतिनिधिसभा अन्तर्गत रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रमा प्रतिनिधिसभातर्फ नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् भने एउटामा कांग्रेस र अर्को एउटा क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।

एमाले–राप्रपा–जसपा गठबन्धन रहेको रुपन्देहीमा पाँच दलीय गठबन्धन भने पछाडि परेको छ । रुपन्देहीको क्षेत्र नं. १ मा एमाले–राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता छविलाल विक ५ हजार ३४५ मतसहित अग्रता बनाइरहेका छन् । पाँच दलीय गठबन्धनको साथ पाएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल ४ हजार १०९ मतसहित दोस्रो स्थानमा छन् ।

रुपन्देही–२ मा एमालेका विष्णु पौडेल ९ हजार ९५४ मतसहित अग्रस्थानमा छन् भने ९ हजार १९४ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल दोस्रो स्थानमा छन् । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका जनमुक्तिका केशव थापा ७ हजार ६७२ मतका साथ तेस्रो स्थानमा छन् ।

रुपन्देही–३ मा पाँच दलीय गठबन्धनबाट कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणले १४ हजार ३६६ मत ल्याएर अग्रता कायम गरेका छन् भने १२ हजार ३१८ मतसहित राप्रपाका दीपक बोहोरा दोस्रो स्थानमा छन् ।

रुपन्देही–४ मा भारी मतान्तरसहित लोकतान्त्रिक समाजवादीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला अघि छन् । शुक्लाले १४ हजार २५१ मत पाउँदा उनका प्रतिस्पर्धी पाँच दलीय गठबन्धनबाट कांग्रेसका प्रमोद यादवले ११ हजार ५९४ मत हासिल गरेका छन् ।

यस्तै रुपन्देही–५ मा एमालेका बासुदेव घिमिरे २१ हजार २११ मतसहित अग्रपंक्तिमा छन् भने प्रतिस्पर्धामा रहेका पाँच दलीय गठबन्धनबाट कांग्रेसका भरत शाह १८ हजार १४४ मतसहित दोस्रो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप