रुकुम पश्चिममा जनार्दन शर्मा तेब्बर मतान्तरले अघि, प्रदेशमा पनि माओवादीको अग्रता कायमै

रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले प्रतिस्पर्धीले तेब्बर मतान्तरले लिड गरिरहेका छन् । रुकुम पश्चिममा खसेको ६० हजार ५२७ मतमध्ये अहिलेसम्म १४ हजार ४५४ मतगणना भएको छ । जसमा शर्माले ९ हजार १०९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नन्दराम देवकोटाले ३ हजार ६९६ मत पाएका छन् ।
यस्तै राप्रपाका दीपक मल्लले २७० मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार तारक केसी (सुर्यमुखी) ले ७५३ मत पाएका छन् । यस्तै ५५९ मत बदर भएका छन् । यता प्रदेश सभातर्फ पनि दुबै माओवादी उम्मेदवार अगाडि छन् ।
(क) मा अहिलेसम्म गणना भएको ८ हजार ६८ मतमध्ये माओवादीका महेन्द्र केसीले ५ हजार २७८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका नारायणकुमार शाहले २ हजार १०८ मत प्राप्त गरे । राप्रपाका विनोदकुमार शाहले ३८९ मत प्राप्त गर्दा २९३ मत बदर भएको छ ।
(ख) मा हालसम्म गणना भएको ६ हजार २६९ मतमध्ये माओवादीका राजकुमार शर्माको पक्षमा ३ हजार ९०० मत आएको छ भने एमालेका कर्णबहादुर घर्ती मगरले १ हजार ८५७ मत पाएका छन् । राप्रपाका निर्जल केसीले ३२३ मत पाउँदा १८९ मत बदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादमा को-को आउँदैछन् विदेशी प्रतिनिधि ? (नामावलीसहित)
-
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
-
चिर्पट प्रहार गरी श्रीमानको हत्या
-
आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनलका लागि अस्ट्रेलियन टोलीको घोषणा
-
एन्फाको अपिल समितिले उल्टायो पुरानो निर्णय, धीरेन्द्रलाई ‘बी’ डिभिजन खेल्ने अनुमति
-
आध्यात्मिक ज्ञानमार्फत समाज रूपान्तरण सम्भव छ : मुख्यमन्त्री आचार्य