मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देही–५ ‘क’ मा एमालेका भूमिश्वर ढकाल विजयी

बुधबार, ०७ मङ्सिर २०७९, १७ : ४९
बुधबार, ०७ मङ्सिर २०७९

रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन् । अन्तिम मत परिणाममा एमाले उम्मेदवार ढकालले १९ हजार ७८ मत ल्याएका छन् । उनका निकटतम् उम्मेदवार माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याएका छन् ।

जनमत पाटीका अनुरागनाथ शुक्लको ८ हजार ७ सय ३८ मत छ । ढकाल यसअघि पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी रहेको मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले बताए । उनले प्रक्रिया मिलाए औपचारिक घोषणा गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप