पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँट, सवा ७ लाखको हात खाली
बुधबार, ०७ मङ्सिर २०७९, १७ : ४५
पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बुधबार बाँडफाँट भएको कम्पनीको आइपीओमा ५ लाख १५ हजार ७८८ जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपीओमा कुल १२ लाख ३० हजार ६०५ जनाले आवेदन दिएकामा ७ लाख १४ हजार ८१७ जना आवदेकको हात खालि हुन पुगेको हो । जसमध्ये ३ हजार ५४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि २९ गतेसम्म कुल ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको ५१ लाख ५७ हजार ८८० कित्ता सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पञ्जाब किंग्सले श्रेयस अय्यरलाई कप्तान बनायो
-
भुटानी अभिनेत्री छोदेन भन्छिन्– ‘नेपाललाई आफ्नै घर फिल गर्छु’
-
कालीमाटी फलफूल तथा तरकारी बजारले माग्यो करारमा कर्मचारी
-
जिल्लामै एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
-
तालिबानले महिलालाई मानव मान्दैन : मलाला युसुफजाई
-
कोशी प्रदेशले माग्यो वन रक्षक पदमा आवेदन