शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर–१ मा कमल थापा २ हजार ७५० मतले पछि परे, डिनाको अग्रता कायमै

बुधबार, ०७ मङ्सिर २०७९, १७ : २४
बुधबार, ०७ मङ्सिर २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा २ हजार ७५० मतले पछि परेका छन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले १६ हजार ३८६ मतसहित अग्रता कायम राखेकी छन् । ४६ हजार ६५६ मत गणना हुँदा एमाले उम्मेदवार कमल थापा भने १३ हजार ६१८ मतसहित डिनालाई पछ्याइरहेका छन् ।

यस्तै, राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले १० हजार ९३२ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप