सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सप्तरी २ मा जनमत पार्टीको ‘क्लीन स्वीप’

बुधबार, ०७ मङ्सिर २०७९, १६ : २९
बुधबार, ०७ मङ्सिर २०७९

सप्तरी २ मा जनमत पार्टीले ‘क्लीन स्वीप’ गरेको छ । सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको दुवै क्षेत्रमा विजय हासिल गरेको हो ।  बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

राउतले ३५ हजार ४२ मत ल्याएर विजय हासिल गर्दा उपेन्द्र यादवले मात्र १६ हजार ९७९ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका लोसपाका जयप्रसाद ठाकुरले ७ हजार ३४७ मत पाए ।  यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ मा जनमत पार्टीका सतिशकुमार सिंह १६ हजार ७३४ मतका साथ विजयी भए भने जसपाका शैलेन्द्रप्रसाद साह ८ हजार २९२ मत ल्याएर पराजित भए । 

यस्तै क्षेत्र नम्बर २ मा जनमतकै महेशप्रसाद यादव १३ हजार ३२५ मत ल्याएर विजयी भए भने पराजित माओवादीका उमेश कुमार यादवले ७ हजार २३ मत पाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप