शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरमा सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु

बुधबार, ०७ मङ्सिर २०७९, १६ : २०
बुधबार, ०७ मङ्सिर २०७९

हेटौंडा-कुलेखानी-काठमाडौंको छोटो दुरीको सडकखण्डमा पर्ने मकवानपुरमाको सल्लेमा काठमाडौं जाँदै गरेको सुमो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ  । 

केही समय अघि वीरगन्जबाट काठमाडौं जाँदै गरेको टाटा सुमो जिल्लाको इन्द्रसरोबर गाउँपालिका २ सल्लेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ​

ना.१ ज ४४६६ नम्बरको सुमो सडकबाट तल खसेको हो । दुर्घटनामा ७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप