बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘मीलन’लाई प्रिमिएरमा सुखद प्रतिक्रिया

बुधबार, ०७ मङ्सिर २०७९, १५ : ३०
बुधबार, ०७ मङ्सिर २०७९

आगामी शुक्रबार (मंसिर ९) बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मीलन’ को प्रिमियर गरिएको छ । मंगलबार साँझ किर्तिपुरस्थित किर्तिपुर सिनेप्लेक्समा गरिएको प्रिमियरबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । 

प्रिमिएरमा फिल्मको कथावस्तु, कलाकारको कामको समेत तारिफ भएको छ । फिल्मका निर्देशक टेक पौरखी राई हुन् । वरिष्ठ कलाकार नीर शाहले फिल्मले दर्शकको ध्यान तान्ने बताए । उनले फिल्म दर्शकलाई भरपुर रुपमा हँसाउन सफल रहने बताए । ‘नेपालमा बनेका हरेक फिल्मले सफलता हासिल गर्नुपर्छ । हामीले फिल्मका प्रिमियर शोहरुलाई एक प्रकारको उत्सवको रुपमा लिने गछौं । त्यो खुसीको कुरा हो । नेपाली फिल्म क्षेत्र ठुलो बन्दै गएको छ । यो कुरालाई सरकारले पनि ध्यानमा राख्नुपर्छ’ शाहले भने । 

अभिनेता सलोन बस्नेत र कुशल शाह ठकुरीको फिल्मको कथा मनपरेको बताए । प्रिमिएरमा नवअभिनेता कुशल र अभिनेत्री शिल्पा थापाको कामको तारिफ गरियो । साथै कलाकार  सुमिन गुरुङले निभाएको तेस्रो लिंगीको भूमिकाको चर्चा पनि चर्चा भयो ।  निर्माता प्रविन थापाले प्रिमिएरमा पाएको सकारात्मक प्रतिक्रियासँगै दर्शक हलसम्म आउनेमा विश्वास व्यक्त गरे ।

निर्देशक राईले आफ्नो लामो समयदेखिको मिहिनतलाई अब दर्शक समक्ष छाड्न लागेको भन्दै फिल्मले दर्शकको मन जित्नेमा ढुक्क रहेको धारणा राखे । फिल्ममा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल लगायतको पनि अभिनय छ । फिल्मको छायांकन काठमाडौं र कालिन्चोकमा भएको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप