मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : सोफियान बाउफल, मोरक्को

बुधबार, ०७ मङ्सिर २०७९, १५ : ०३
बुधबार, ०७ मङ्सिर २०७९

पोजिसन : लेफ्ट–विंगर
उमेरः २९

सन् २०१६ मा २२ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका सोफियानले पछिल्लो समय विश्व फुटबलमा आफ्नो बेग्लै नाम बनाइरहेका छन् ।

ला लिगामा यो सिजन मात्र ११ खेलमा ३ गोल गरेर ३ असिस्ट गरेका छन् । २९ वर्षीय सोफियानले देशका लागि भने ३२ खेलमा ६ गोल गरेका छन् ।

युरोपियन क्लबहरुका आफ्नो बेग्लै पहिचान बनाउन सफल उनी अब राष्ट्रिय टोलीका लागि ठूलो उपाधिको होडमा छन् । सन् १९७० मा पहिलो पटक विश्वकप खेलेको मोरोक्कोले १९८६ मा अन्तिम १६ मा स्थान बनाएको थियो । मोरोक्कोको यही नै ठूलो सफलता हो ।

एक पटकको अफ्रिका कप अफ नेसन्स विजेता मोरोक्को यो पटक विश्वकपमा आफ्नो स्थिति सुधार गर्ने योजनामा छ । त्यसका लागि मोरोक्कोले लामो समय मेहेनत गरेको छ । मोरोक्कोलाई सफलता दिलाउन सोफियानको मुख्य भूमिका हुनेछ । बलियो क्रोएसियासँग खेल्न लागेको मोरोक्कोको यो विश्वकप शानदार रहने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप