बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलात्कार आरोपमा दाङबाट एकजना पक्राउ

बुधबार, ०७ मङ्सिर २०७९, १४ : ११
बुधबार, ०७ मङ्सिर २०७९

दाङको शान्तिनगर गाउँपालिकाबाट बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–२ बाघमारे बस्ने ४० वर्षीय नवराज डाँगी छन् ।

डाँगीले ३६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोप छ । महिलालाई सोही ठाउँस्थित बाँसको झाडीमा लगेर बलात्कार गरेको उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप