परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी आन्दोलनमा

परीक्षा शुल्क बढाएको विरोधमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । मनमोहन मेडिकल कलेज, लिटिल एञ्जल कलेज, निष्ट मेडिकल कलेज लगायतका कलेजले परीक्षा शुल्क बढाएको विरोधमा विद्यार्थीहरू आन्दोलित बनेका हुन् ।
चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले विभिन्न तहका परीक्षाको शुल्क बढाएको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् । यसअघि नियमिततर्फ पुनः परीक्षाको परीक्षा शुल्क २ हजार ५०० लिने गरिएको थियो । आईओएमले पुनः परीक्षा (सप्लिमेन्ट्री) को शुल्क पूर्व जानकारीबिनै ११ हजार ५०० पुर्याएको विद्यार्थीहरूको आरोप छ । आईओएमले कुनै जानकारीबिनै शुल्क बढाएपछि चिकित्सा शिक्षा संघर्ष अभियानको संयोजनमा आन्दोलन थालिएको हो ।
अभियानमा महासचिव सौगात पाण्डेले परीक्षा शुल्क बढाएको विरोधमा डीनको कार्यालय अगाडि धर्ना दिन थालिएको बताए । आफूहरूले शुल्क नबढाउन डीनको कार्यालयलाई जानकारी गराउँदै गराउँदै मागको बेवास्ता गर्दै शुल्क बढाएको उनको आरोप छ ।
शुल्क बढाएको विरोधमा विद्यार्थीहरूले आन्दोलन थालेपछि डीनको कार्यालयले शुल्क नबढाएको प्रष्ट पारेको छ । कात्तिक ३० गते डीनको अध्यक्षतामा बसेको सम्बन्धन प्राप्त कलेजहरूका प्रतिनिधिसँगको बैठकले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको परीक्षा फारम शुल्क २ हजार ५०० नै यथावत राख्ने निर्णय गरेको थियो ।
त्यस्तै विद्यार्थीहरूको पुनः परीक्षा शुल्क सम्बन्धमा डीनको कार्यालयको २० माघ २०७८ मा गरेको निर्णयलाई कलेज तथा डीन कार्यालयले कार्यान्वयन गर्ने र कलेजहरूले परीक्षा शुल्क काटेको रकमबाट सम्पूर्ण खर्च कलेजले नै ब्यहोरेर सञ्चालन गर्ने निर्णय गरेको थियो । आगामी दिनमा डीन कार्यालय र कलेजहरूले वैज्ञानिक रूपमा परीक्षा शुल्क अध्ययन गरी सो बढाउन÷घटाउनुपर्ने भएमा छलफल गरी आगामी बैठकमा निर्णय गर्ने निर्णय गरेको थियो ।
डीनको कार्यालयले जारी गरेको उक्त सूचनाले स्पष्ट जानकारी प्रदान नगरी विद्यार्थीको आवाजलाई मत्थर पार्ने काम भएको विद्यार्थीहरूको आरोप छ ।
आफूहरूको माग सुनुवाइ नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाई छ । त्रिभुवन विश्वविद्यालय मात्र नभइ अन्य विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरूले समेत मनोमानी शुल्क लिइरहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थलमा भ्रष्टाचार : २ अर्ब २२ करोड बढी तत्काल असुलउपर गर्न सिफरिस
-
शिक्षक आन्दोलन : सर्वोच्चको आदेश कार्यान्वयन गरी समस्या समाधानका लागि पहल गर्न बारको अपिल
-
काठमाडौँक बढ्दो शहरीकरण कसरी व्यवस्थापन गर्ने ? - राज महर्जन, शहरी योजनाकार
-
जनताले भ्रष्टाचार रोक, भ्रष्टाचार हुन नदेऊ भनेका छन् : डा.शेखर कोइराला
-
तीनकुने घटनामा संलग्न थप १२ जना हिरासतमुक्त
-
बनेन शिक्षक फर्किने वातावरण, शिक्षा मन्त्रालयले सर्वोच्चलाई पठायो जवाफ