नेपालका बालबालिकाको शिक्षा र कल्याणका लागि ‘रोटो मेन्थोलेटम’को सहयोग
काठमाडौं । रोटो समुहले बालबालिकाको लागि सामुदायिक पुस्तकालय र अनुसन्धान केन्द्र बनाउन सहयोग गरेको छ । रोटो समुह अन्तरगतको ‘रोटो मेन्थोलेटम नेपाल’ले बालबालिका समाज, देश र विश्वको भविष्य हुन् भने मान्यता राख्दै बाल कल्याण र कमजोर आर्थिक अवस्था भएका मानिसहरूको जीवनको उत्थानमा ध्यान केन्द्रित गरेको हो ।
रोटोले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको जुनबेसीमा ‘जुनबेसी सामुदायिक पुस्तकालय र अनुसन्धान केन्द्र’ स्थापना गर्न सहयोग गरेको हो । यस परियोजनाले सामुदायिक पुस्तकालयको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको छ । उक्त पुस्तकालय किताबहरूमा मात्र सीमित छैन, कम्प्युटर, इन्टरनेट र आरामदायी फर्निचरको सुविधा पनि रहेका कम्पनीले जानकारी दिएको छ ।
सामुदायिक पुस्तकालयमा मुख्य पुस्तकालय खण्ड, बालबालिका खण्ड, महिला खण्ड, आईटी खण्ड, युवा खण्ड, सामुदायिक बालबालिका र वयस्क दुवै गरी ८ सय जना पाठकलाई सेवा दिने लक्ष्य राखिएको छ । यो पुस्तकालय शिक्षाको क्षेत्रमा काम गर्ने जापानको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था शान्ति भोलेन्टीयर एसोसिएसन, जापान सरकार तथा अन्य दाताहरूसँगको सहकार्यमा स्थापना भएको हो ।
सो सामुदायिक पुस्तकालय गत सेप्टेम्बर २४ मा पुस्तकालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । त्यस कार्यक्रममा प्रदेशसभा सांसद, सोलुदुधकुण्ड नगरपालिकाका मेयर, दाताका प्रतिनिधि, बालबालिका तथा स्थानीय जनताको उपस्थिति रहेको थियो । रोटोका प्रतिनिधि सृजन श्रेष्ठले पनि उक्त कार्येक्रम मा सहभागी भई त्यहाँको बालबालिका तथा स्थानीयसँग उक्त पुस्तकालय स्थापना भएको मा खुशी साटासाट गरेका थिए ।
रोटो मेन्थोलेटम नेपाल प्रालि जापानको रोटो फर्मासुटिकल्स कम्पनीको शतप्रतिशत विदेशी लगानीमा स्थापना भएको कम्पनी हो । रोटो कस्मेटिक तथा स्वास्थ्य हेरचाह उत्पादन गर्ने बहु–राष्ट्रिय कम्पनी हो । सन् १८९९ मा स्थापना भएको रोटोले हाल एसिया, अमेरिका, युरोप र अफ्रिकामा सहायक कम्पनी सञ्चालन गरिरहेको छ । सो कम्पनीका उत्पादनहरू विश्वका १२० देशहरूमा उपलब्ध छन् र लाखौं ग्राहकहरूले मन पराउँने गरेको कम्पनीले जानकारी दिएको छ । नेपालमा सन् २०१८ मा स्थापना भएको रोटो मेन्थोलेटम नेपालले हाल छालाको हेरचाह र कस्मेटिक उत्पादनहरू जस्तै फेशवास, सनस्क्रिन, पिम्पल ट्रिटमेन्ट गर्नै प्रडक्टहरुको उत्पादन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम र सिके वैशाख १९ गते नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने
-
शाखा अधिकृत हित संरक्षण अभियानद्वारा राज्यव्यवस्था समिति सभापतिलाई तीन बुँदे ज्ञापन
-
चार सय वर्ष पुरानो सिवालय ओझेलमा
-
सातै प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमा सर्वोच्चले मगायो ६ वर्षअघिको सरकारको निर्णय
-
सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने
-
डिजिटल वालेटमार्फत झण्डै १८ अर्ब अवैध रकम बैकिङ्ग च्यानलमा, २१ जनामाथि अनुसन्धान