बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२७ वर्षको उमेरमा सोविताको पाइला संसदतिर, हेर्नुहोस् जीतको खुसीयाली (फोटो फिचर)

बुधबार, ०७ मङ्सिर २०७९, १२ : १९
बुधबार, ०७ मङ्सिर २०७९

२७ वर्षको उमेरमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम संसदमा प्रवेश गर्ने भएकी छन् । काठमाडौं २ बाट विजयी भएसँगै उनी प्रतिनिधिसभा सदस्य बनेर संसद प्रवेश गर्ने निश्चित भएको हो । 

उनले एमालेका मणिराम फुयाललाई पराजित गर्दै विजय सुनिश्चित गरेकी हुन् । गौतमले १५ हजार २२९ मत प्राप्त गर्दा फुयाँल ११ हजार ५५५ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेकी राप्रपाकी कुन्तीदेवी पोखरेलले ११ हजार ४९ मत प्राप्त गरिन् । यस्तै माओवादी केन्द्रकी ओनसरी घर्ती ९ हजार ४४९ मतसहित चौथो भइन् । 

सोविता पूर्वपत्रकार तथा अधिवक्ता समेत हुन् । नेपाल टेलिभिजनमा काम गर्दा गर्दै उनी राजनीतिमा प्रवेश गरेकी थिइन् । यस्तै विभिन्न सामाजिक संघसंस्थामा मुख्य भूमिकामा रही बोर्ड सञ्चालन गरेको तथा पर्यटन व्यवसाय सञ्चालन गरेको पनि अनुभव छ । 

२०५२ सालमा दोलखामा जन्मिएकी उनी कानुनमा स्नातक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप