सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मेरो जित पनि ऐतिहासिक हुनेछ : सोविता गौतम

बुधबार, ०७ मङ्सिर २०७९, ११ : ४१
बुधबार, ०७ मङ्सिर २०७९

काठमाडौं –२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले आफ्नो जित ऐतिहासिक हुने बताएकी छन् ।  निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सोविताले आफ्नो जित ऐतिहासिक हुने बताइन् ।
काठमाडौं–२  का मतदाताहरू चेतनशील भएको भएको भन्दै यो क्षेत्रले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म पाइसकेकाले अब फेरि केही पाउने उनको भनाइ छ ।

उनले भनिन्, ‘यो यस्तो ऐतिहासिक क्षेत्र हो । जहाँबाट निर्वाचित भइसकेपछि राष्ट्रपति पनि हुनुभएको छ । प्रधानमन्त्री पनि हुनुभएको छ । यो जित पनि ऐतिहासिक हुनेछ । ’ 

संसदमा आफ्नो पार्टी कहिले पनि नचुक्ने भन्दै उनले घोषणापत्र बमोजिम काम गर्ने पनि बताइन् ।  ‘यो क्षेत्रले गर्व गर्नेछ कि हामीले यस्तो सांसद निर्वाचित गरेर पठायौँ । यहाँको मतदातालाई गुनासो गर्न दिने छैनौं,’ सोविता भन्छिन् । 
सरकारमा जाने नजाने  विषयमा स्पष्ट जवाफ दिन नसक्ने बताइन् । काठमाडौं भनेर चिनिने विकट क्षेत्रमा पनि काम अगाडि बढाउनु पर्ने बताइन् । ‘बजेट भनेको शहरलाई मात्र चाहिने होइन जहाँ आवश्यकता छ त्यहाँ चाहिने हो, ’उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप