सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बझाङमा भानुभक्तले मतान्तर घटाउँदै लगेपछि मत गणनास्थलको सुरक्षा व्यवस्था कडा

बुधबार, ०७ मङ्सिर २०७९, ११ : २९
बुधबार, ०७ मङ्सिर २०७९

बझाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त जोशीले मतान्तर घटाउँदै लगेका छन् । उनले नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरलाई पच्छ्याउँदै गएका छन् । उनले आफ्नो मतान्तर घटाउँदै लगेका हुन् । 

महरले १५ हजार ५५१ मत पाएका छन् । भने नेकपा एकीकृत समाजवादीका जोशीले १५ हजार ३३ मत पाएका छन् । दुवै जनाबीच ५१८ मतको भिन्नता छ । बझाङको बुङल नगरपालिका र जयपृथ्वी नगरपालिकाको मत गणना अन्तिम चरणमा पुगिसकेको छ । त्यस्तै केदारस्यु, दुर्गाथली, थलारा लगायतका क्षेत्रको मत गणना गर्न बाँकी छ । 

जोशीले मतान्तर घटाउँदै लगेपछि मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले मतगणनास्थलबाट पत्रकार तथा उम्मेदवारहरूका प्रतिनिधिहरूलाई बाहिर पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप