इलाम –२ मा सुवास नेम्वाङ ५९७ मतले अगाडि
बुधबार, ०७ मङ्सिर २०७९, १० : ३६

इलाम । इलाममा जारी प्रतिनिधि सभा सदस्यको जारी मतगणनामा एमाले उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङले अग्रता बढाउदै लगेका छन् ।
पछिल्लो मत परिणामअनुसार नेम्वाङले ८ हजार २९६ मतसहित अग्रता लिँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्का ७ हजार ६९९ मतसहित पछ्याईरहेका छन् । नेम्वाङ र खड्काबीच ५९७ मतान्तर रहेको छ ।