शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : लुका मोड्रिच, क्रोएसिया

बुधबार, ०७ मङ्सिर २०७९, १० : ०१
बुधबार, ०७ मङ्सिर २०७९

पोजिसन : मिडफिल्डर
उमेर : ३७

सन् २०१८ मा क्रोएसिया विश्वकप फुटबलको फाइनलमा पुग्यो । सो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको क्रोएसिया फाइनल खेलमा भने फ्रान्ससँग हार बेहोर्न पुग्यो । मोड्रिच उत्कृष्ट खेलाडी घोषित भए । लामो समय क्रोएसियाबाट उत्कृष्ट खेल प्रदर्शन गरिरहेका मोड्रिचका लागि यो विश्वकप अन्तिम विश्वकपका रूपमा रहनेछ ।

मोड्रिच यो विश्वकपमा पनि उत्कृष्ट फर्ममा छन् । ला लिगामा १३ खेल खेलेका मोड्रिचले ३ गोल र ३ असिस्ट गरेका छन् । यो विश्वकपमा पनि मोड्रिच मुख्य भूमिकामा छन् । ३७ वर्षीय मोड्रिचले सन् २००६ बाट क्रोएसियाका लागि १५५ खेल खेल्दै २३ गोल गरेका छन् ।

एक पटकका बालोन डी’ओर विजेता मोड्रिच यो विश्वकपमा क्रोएसियालाई ट्रफी दिलाउँदै सन्यास लिने मुडमा छन् । विश्वकप जित्न उनका लागि सम्भव भने छैन । सन् २०१८ को विश्वकपमा चार गोल गरेको मोड्रिच अहिले पनि उत्कृष्ट फर्ममा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप