यी हुन् सरकारलाई सबैभन्दा बढी कर तिर्ने व्यक्ति र कम्पनी

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बनेको छ । त्यसैगरी निर्याततर्फ बढी कर तिर्ने मा शिवशक्ति उद्योग, सबैभन्दा बढी कर तिर्ने उद्योग राजेश मेटल क्राफ्ट उद्योग र कृषितर्फ सबैभन्दा बढी कर तिर्ने ओसिबी फूड रहेको छ ।
सहकारीतर्फ छिमेक लघुबित्तले सबैभन्दा बढी कर तिरेको छ भने बैंकहरुमा नबिल बैँक सबैभन्दा बढी कर तिर्नेमा परेको छ । त्यसैगरी बीमातर्फ नेपाल पुनर्बीमा सबैभन्दा बडी कर तिर्ने कम्पनी बनेका छन् ।
स्वास्थ्यतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सबैभन्दा बढी कर तिरेको छ भने पर्यटनतर्फ मनकामना केबुल कारले सबैभन्दा धेरै कर तिरेको छ । वस्तु व्यापारतर्फ हंसराज हुलासचन्दले सबभन्दा बढी कर बुझाएको छ । ऊर्जामूलक उद्योगतर्फ चिलिमे जलविद्युत लिमिटेडले सबैभन्दा बढी कर बुझाएको छ ।
व्यक्तिगत्तर्फ जावलाखेल ग्रुपका अध्यक्ष विजयकुमार साहले सबैभन्दा बढी आयकर तिरेका छन् । रेमिटेन्सतर्फ आईएमइले सबैभन्दा बढी कर तिरेको तिर्दा आन्तरिक करदातातर्फ सूर्य नेपालले सबभन्दा बढी कर तिरेको छ ।
सरकारले आर्थिक वर्ष २०७७/७८ मा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत गरेर सबैभन्दा बढी कर तिरेका कम्पनी र व्यक्तिहरुलाई सम्मान पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध