आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

गौचन हत्या–अनुसन्धान विवाद : सिआईबीका प्रमुख भन्छन्, ‘ अब अव्यवसायिक अफिसरमाथि कारवाही हुन्छ !’

शुक्रबार, १४ पुस २०७४, १६ : ४८
शुक्रबार, १४ पुस २०७४

काठमाडौं – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गरिएको घटना छानविन गर्न डिआईजी गणेश केसीको नेतृत्वमा उच्चस्तरिय समिती गठन भएको थियो । तर, समितीलाई समेत चक्मा दिनेगरी केन्द्रिय अनुसन्धान ब्युरोले गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेतलाई नियन्त्रणमा लिएर सार्वजनिक ग¥यो । 

बस्नेतलाई सिआईबीले महाराजगञ्जस्थित आफ्नै मुख्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेसँगै प्रहरी भित्र र बाहिर एउटा प्रश्न उब्जियो, ‘कतै छानविन समिति र सिआईबीच द्वन्द्व बढेको त हैन ?’ 

गुण्डा नाईके समिरमानसिंह बस्नेतलाई केन्द्रिय अनुसन्धान ब्युरोले आफ्नै हिरासतमा राखेर अनुसन्धान जारी राखेसँगै यता गणेश केसीले काठमाडौं प्रहरीलाई अनुसन्धान फाइल पठाईदिए । त्यसपछि अनुसन्धानमा संलग्न अधिकृतहरु र काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी रविन्द्र धानुक सहभागी बैठकमा ‘आन्तरिक द्वन्द्व’ बारे चर्चा समेत भयो । अहिले डिआईजी केसी घट्नाको अनुसन्धान कार्यबाट ब्याक भैसकेका छन्, घट्नाको अनुसन्धान सिआईबीले गरिरहेको छ ।

गौचन हत्याकाण्डको अनुसन्धानमा प्रहरीभित्रै द्वन्द्व भएको कुरा अस्वीकार गर्छन्, केन्द्रिय अनुसन्धान ब्युरोका निर्देशन पुष्कार कार्की । भन्छन्, ‘आन्तरिक द्वन्द्व हैन, सिआईबी भनेको लिड एजेन्सी हो, प्रहरी प्रधान कार्यालयले हामीलाई लिखित रुपमा गौचन हत्याको अनुसन्धान गर्न निर्देशन गरेपछि तिब्रता बढाएका हौं ।’  

समिरमान सिंह बस्नेतलाई सिआईबीको ‘भिआईपी हिरासत’मा लामो समय किन राखेको भन्ने रातोपाटीको जिज्ञासामा डिआईजी कार्कीले प्रक्रियागत कारणले काठमाडौँ प्रहरीको सल्लाहमा नै बस्नेतलाई सिआइबीको हिरासतमा राखिएको बताए । उनले भने, ‘हामीले लानुस् भनेका हौँ, तर अरुको बयान सकिएपछि लैजाने भनेर काठमाडौं परिसर र अपराध महाशाखासँगको सल्लाह अनुसार नै भएको हो ।’ 
अनुसन्धानमा संलग्न केही अधिकृतहरुले विवाद भएको र काम देखाउने होडबाजी चलेको भन्दै दुष्प्रचार गरेको दाबी गरेका कार्कीले त्यस्ता अब्वसायिक प्रहरी

अधिकृतमाथी कारवाहिका डण्डा चलाउने दाबी गरेका छन् । ‘कुनै प्रहरी अफिसरले त्यस्तो भनेको छ भने त्यो एकदम अव्यवसायिक अभियव्यक्ति हो, विभागले त्यस्तो व्यक्तिको पहिचान गरेर कारवाही गर्नुपर्छ’ उनले भने, ‘त्यसतर्फ हामी लाग्छौँ !’ 

यसकारण बढिरहेको छ काठमाडौँमा अपराधको ग्राफ !

रातोपाटीसँगको कुराकानीमा सिआईबीका निर्देशक (डिआईजी) कार्कीले गौचन हत्या र अनुसन्धानको पाटो यसरी ब्याख्या गरे :

‘गौचन हत्या छानविन समिति’ले प्रेस मिट गरेर हत्यामा संलग्नमध्ये केहीलाई सार्वजनिक गरेपछि प्रहरी प्रधान कार्यालयले सिआईबीलाई पनि जुन लिखित हिसाबले अनुसन्धानमा संलग्न गराइएको छ, त्यसपछि सिआईबिले तिव्रता बढाएको हो । 

त्यो भन्दैमा सिआईबीले यो घट्ना पहिले हेरेको छैन भन्ने चाहिँ हैन, किनभने सिआईबीको रोल भनेकै आफुले अनुसन्धान गर्ने बाहेक विशिष्ठ खालका अपराधहरु नेपालभरी जहाँ भए पनि हामीले सहयोग गर्ने हो । सिआईबी र नेपाल प्रहरीको मनशाय चाहिँ लोकल युनिट र जिल्लाहरुले नै अनुसन्धान पुरा गरुन् भन्ने रहेको हुन्छ । त्यसपछि, जुन समिर बस्नेत पक्राउ परेर यहाँ आएको छ, आईसकेपछि हामीले केही समय राखेका हौँ । केही अनुसन्धानको पाटो सोध्ने बुझ्ने, घट्नाको पाटो खोल्ने कुरा थियो त्यो क्रम जारी छ, अगाडी पनि जारी नै रहन्छ । त्यसपछि हामिले सम्बन्धित निकाय (महानगरीय प्रहरी परिसर परिसर काठमाडौं) जसले मुद्दा चलाएको छ, समिरलाई लगे हुन्छ भन्दाखेरी अरुको बयानको क्रम भइरहेको हुनाले केही दिन त्यतै राखौं भनेपछि यहाँ राखेको मात्र हो । हामीले दुई तिन हप्ता अगाडी नै तपाईहरुले लगेर बयानको क्रममा अगाडी बढाए हुन्छ भनेका हौं । 

अव्यवसायिक अफिसरमाथि कारवाही हुन्छ !

‘अब द्वन्द्व बढेको र काम देखाउने होडबाजी चलेको’ जुन कुरा यहाँले गर्नुभो, यो चाहिँ अहिल अब्यवसायीक किसीमको कुरा भयो । कुनै प्रहरी अफिसरले त्यस्तो भनेको छ भने त्यो एकदम अव्यवसायिक अभियब्यक्ति हो, विभागले त्यस्तो ब्यक्तिको पहिचान गरेर कारवाही गर्नुपर्छ, त्यसतर्फ हामी लाग्छौँ । 

अनुसन्धान भनेको प्रतिस्पर्धा गर्ने हैन, नेपाल प्रहरी एउटै हो । समिर बस्नेतको केशसमा सिआईबीले धेरै अगाडीदेखी काम गरेको हुनाले यो नतिजामा सिआईबी पुग्यो । तर केश त परिसरबाटै चलेको छ नी, हामीले केश तानेको छैन । केश उतै छ हामीले त सहयोग मात्र गरेको हो । यसमा अरु पनि मान्छेहरु समातिन बाँकी छन्, समातेर हामी उतै बुझाईदिन्छौं । 

यसबाहेक केही हतियार बरामद गर्ने, घट्नामा संलग्न केही मान्छेहरु त छानविन समितीले प्रेसमा रिलीज गर्नुभन्दा पहिले सिआईबीले समोतर पठाईदिएका हो नी ?

‘गौचन हत्या अनुसन्धान गर्न लिखित निर्देशन छ’  
समिरलाई सिआईबीले किने थुनेर राखेको भन्नेबारे आशंका गर्नु हुँदैन, किनभने प्रहरी प्रधान कार्यालयबाटै पत्रसाथ विशिष्ठ खालको अनुसन्धान भएकाले सिआईबीबाट गराएको हो । सिआईबीलाई यो केशमा अगाडी बढ्ने भनेर लिखित निर्देशन आएको छ । हामीले यो घट्नामा अनुसन्धान शुरु गरेपछि समितीमा रहेर सम्वन्धति अनुसन्धान गर्ने अधिकृतसँग समन्वयमै छौं । काठमाडौँ परिसर र अपराध महाशाखासँग समन्वयमा छौं । अब, कुनै कुनै अव्यवसायिक अफिसरले त्यस्ता गैरजिम्मेवार अभिब्यक्ति दिएको भए तिनलाई कारवाही हुन्छ । 

गौचन हत्यामा संलग्न फरार सुटर खोज्ने काम भईरहेको छ । अनुसन्धान भनेको कि शुन्ना कि सय हो । काम प्रतिशतमा कति भयो भन्न मिल्दैन तर उही गेम खेलेपछि गोल मात्र नतिजामा दर्ज हुन्छ । त्यहि भएर यसमा पनि अनुसन्धानको काम भइरहेको छ, सम्बन्धित अरु मान्छेहरु पनी कारवाहिको दायरामा आउँछन् ।

‘मनोज पुनको संलग्नता देखिएन्’ 
पछिल्लो समय समिरमानसिंह बस्नेत र मनोज पुनको समुह छुट्टीएको देखिन्छ । जहाँ लोप्साङ लामा संलग्न हुन्छ, त्यहाँ समिर बस्नेत जोडिएको हुन्छ । भैरहवामा भएको दुर्गा तिवारी हत्या केशमा पनि त्यही भएको थियो । अहिले मनोज पुनः समिरको समुहसँग देखिँदैन, त्यसो भन्दैमा मनोज पुनले उता गरेको अपराध हैन,  भनेर हामी भन्दैनौं । मनोजलाई पनि केही समयभित्र कानुनी कठघरामा ल्याउँछौँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप