शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर -१ मा फेरि बढ्यो डिनाको अग्रता, कमल थापा पछ्याउँदै

बुधबार, ०७ मङ्सिर २०७९, ०८ : ४४
बुधबार, ०७ मङ्सिर २०७९

प्रतिनिधिसभा तर्फको मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले फेरि अग्रता बढाएकी छिन् । सुरुवातदेखि नै अग्रता लिएकी उनले त्यसलाई कायम राख्दै आएकी छिन् । थापा विरुद्ध डिना २ हजार ७०३ मतको अग्रता बनाएकी छिन् ।

निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा डिनासंगको मतान्तर कम गर्न संघर्षरत छन् । 

३३ हजार ६२ मत गन्दा डिनाले १२ हजार ४९२ मत पाएकी छिन् भने थापाले ९ हजार ७८९ मत ल्याएका छन् । त्यस्तै राप्रपाका दिपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । उनले ६ हजार ७८५ मतसहित थापालाई पछ​याइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप