बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्ला (ख) मा कर्णालीका बहालवाला भौतिक मन्त्रीलाई एमालेका पछाईको चुनौती

बुधबार, ०७ मङ्सिर २०७९, ०८ : २२
बुधबार, ०७ मङ्सिर २०७९

कर्णाली प्रदेश सरकारका वहालवाला भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायालाई जुम्ला (ख) मा एमालेका युवा नेता टेकराज पछाईले कडा टक्‍कर दिइरहेका छन् । 

पछिल्लो प्राप्त नतिजा अनुसार सो क्षेत्रमा १७ हजार ८५८ मतगणना भएको  छ । जसमा एमाले नेता पछाईले मन्त्री रोकायलाई ९०७ मतान्तरले पछि पारिरहेका छन् । 

नेकपा (एकीकृत समाजवादी) का जुम्ला जिल्ला इञ्चार्ज समेत रहेका मन्त्री रोकायलाई गठबन्धनको साथ छ । तर पनि रोकाय पछिल्लो नतिजा अनुसार निरन्तर पछि पर्दै आएका छन् ।  पछाईले ६ हजार ९४५ मत प्राप्त गर्दा रोकायले ६ हजार ३८ मत प्राप्त गरेका छन् । 

यस्तै स्वतन्त्र उम्मेदवार धन बहादुर बस्नेतले ३ हजार २२० मत ल्याएका छन् भने नेमकिपाका  विर्षबहादुर रावतले १ हजार १२ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप