परिजिता द भ्वाइसको शीर्ष १० मा

परिजिता बास्तोला द भ्वाइसको शीर्ष १० स्थान भित्र पुग्न सफल भएकी छिन् । मंगलबार शीर्ष १० मा पर्ने प्रतियोगीहरूको नाम घोषणा गर्ने क्रममा उनी यस दौडमा आफूलाई सुरक्षित राख्दै अर्को चरणमा प्रवेश गरेकी हुन् ।
शीर्ष १३ मा रहेका ३ जना प्रतियोगी बाहिरिएका छन् । गत सोमबार परिजिताले बेलायती गायिका अडेलको अल आई आस्क नामक गीत प्रस्तुत गरेकी थिइन् । एकपछि अर्को चरणमा राम्रो प्रस्तुति दिँदै आएकी परिजितालाई विश्वभरि छरिएर रहेका नेपाली तथा विदेशीहरूले मत दिएको कारण उनी १० औ स्थान भित्र पर्न सफल भइन् । गत सोमबार भर्जिनियाको स्यानटिली सहरमा उनलाई हौसला दिन र मतदान त्यही गर्न नेपाली समुदायहरू भेला भएका थिए ।
मतदान नोभेम्बर २२ तारिख बिहान ७ बजे अमेरिकी पूर्वीय समय सम्म मतदानको समय रहेको थियो । परिजिता जोन लिजेन्डको टोलीमा छिन् । उनी द भ्वाइसमा सहभागी हुने नेपाली मूलकी प्रथम नेपाली अमेरिकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण