बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली  : मतगणना जारी ७ जिल्लामा गठबन्धनका ‘हेभिवेट’हरुको अग्रता, जुम्लामा ज्ञानेन्द्रको छलाङ कायमै

कालिकोटमा माओवादीका महेन्द्रलाई एमालेका नगीन्द्रको चुनौती
बुधबार, ०७ मङ्सिर २०७९, ०७ : ४७
बुधबार, ०७ मङ्सिर २०७९

कर्णालीमा मतगणना जारी रहेका ७ वटा जिल्लामा सत्तारुढ गठबन्धनले अग्रता कायाम बनाएको छ ।  प्रतिनिधिसभा अन्तर्गत अहिलेसम्म सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, रुकुम पश्चिम, कालिकोट र जुम्लामा मतगणना जारी छ । जसमध्ये सुर्खेत निर्वाचन क्षेत्रत्र नम्बर २ को मतगणना सम्पन्न भएर कांग्रेसका हृदयराम थानी विजयी भइसकेका छन् । 

मतगणना जारी भएका पाँच वटा निर्वाचन क्षेत्रमध्ये सुर्खेत १, जाजरकोट, सल्यान र दैलेख २ मा गठबन्धनका नेताहरुले अग्रता बनाएका छन् । कालिकोटमा पछिल्लो समय एमाले र जुम्लामा निरन्तर राप्रपाले अग्रता कायम बनाएको छ ।

यो समाचार तयार पार्दासम्म जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही फराकिलो मतान्तरले अघि छन् । २३ हजार ८२९ मतगणना गर्दा १२ हजार ५१५ मत प्राप्त गरेका छन् भने माओवादीकी गोमा गौतम कुवँरले ६ हजार ९८ मत पाएकी छन् । यहाँ एमालेका रतननाथ योगीले २ हजार९६० र  नेमकिपाका डिल्ली काफलेले ६७६ मत प्राप्त गरेका छन् । 

मतगणना जारी रहेको दैलेख क्षेत्र नम्बर २ मा २८ हजार ५३१ मतगणना हुँदा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार दिक्पाल कुमार शाही ४९३ अगाडि छन् । उनले १२ हजार ७८३ मत पाएका छन् भने उनका निकटमत प्रतिद्धन्द्धी एमालेका लक्ष्मी प्रसाद पोख्रेलले १२ हजार २९० मत पाएका छन् । 
यहाँ राप्रपाका लोकेन्द्र राज गिरीले ३३६ , नेमकिपाका केशेन्द्र कार्कीले १ हजार ५१३ मत प्राप्त गरेका छन् । 

यता सुर्खेत १ मा पछिल्लो नतिजा अनुसार कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले ५३७ मतान्तरले अग्रता कायम राखेका छन् । उनले पछिल्लो नतिजा अनुसार २ हजार ३२० मतसहित एमालेका धुर्व कुमार शाहीलाई लिड गरिरहेका छन् । एमाले नेता शाहीले १ हजार ७८३ मत पाएका छन् । 

जाजरकोटका गठबन्धनतर्फका माओवादी नेता शक्ति बस्नेतको अग्रता कायमै छ । बस्नेतले पछिल्लो नतिजा अनुसार ७ हजार ३९६ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी एमालेका निरज प्रसाद आचार्यले ५ हजार १३३ मत प्राप्त गरेका छन् भने स्वतन्त्र   उम्मेदवार नरबहादुर कार्कीले २६८ मत पाएका छन् ।

कालिकोटमा नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ले २९० मतको अग्रता बनाएका छन।  जिल्लाको शुभकालिका गाउँपािलकाका र महावै गाउँपालिकाको ४ वटा वडाको मतगणना गर्दा एमालेन नेताशाहीले ३ हजार १९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले २ हजार ७ २९ मत प्राप्त गरेका छन् ।

रुकुम पश्चिममा माओवादीका जनार्दन शर्मा भारी मतान्तरले अगाडि छन् । हालसम्म गणना भएको मतमध्ये शर्माको पक्षमा ४ हजार १० मत आएको  छ भने उनको प्रतिस्पर्धी एमालेका नन्दराम देवकोटाको १ हजार ५९४ मत मात्रै छ । स्वतन्त्र उम्मेदवार तारक केसीले ३९० मत प्राप्त गरेको छन् ।

सल्यानका प्रकाश ज्वाला जित उन्मुख छन् ।  पछिल्लो नतिजा अनुसार समाजवादीका उपमहासचिव ज्वालले १८ हजार ३१७ मत प्राप्त गरेका छन्न भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १० हजार २३३ मत प्राप्त गरेका छन् । एमालेका राजेन्द्र वीर राय ६ हजार ३२१ मा सीमित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप