काठमाडौं - ८ मा रास्वपाका विराजभक्त विजयी, पर्यटनमन्त्री पराजित
बुधबार, ०७ मङ्सिर २०७९, ०७ : २५
काठमाडौं - ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २ सय १६ मतान्तरले पराजित गरेका हुन् ।
श्रेष्ठले १० हजार १ सय ५ मत ल्याउँदा सायमीले ५ हजार ८ सय ८९ मत ल्याएका छन् । यहाँ सत्ता गठबन्धनका साझा उम्मेदवार तथा हालवाला पर्यटनमन्त्री जीवनराम श्रेष्ठ तेस्रो भएका छन् ।
उनले ४ हजार ८७७ मत पाउँदा राप्रपाका प्रकाश रिमालले ४२२५ मत ल्याए । एमालेका शिवसुन्दुर वैद्य ३ हजार ५२२ मत मात्र पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत