नागरिकताका विषयमा रवि लामिछानेले जवाफ बुझाए
नागरिकताका विषयमा निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले मङ्गलबार जवाफ दिएका छन् । लामिछानेले बन्दी खाममा आफ्नो स्पष्टीकरणको जवाफ पठाएका हुन् ।
आयोगको निर्वाचन कार्यालय चितवनमा उनले स्पष्टीकरण बुझाउनुभएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । मङ्गलबार अबेर गरी उनले जवाफ बुझाएका थिए । सो जवाफलाई कार्यालयले निर्वाचन आयोगमा जस्ताको तस्तै बुझाउने बताइएको छ । “बन्दी खाम हामी नखोली आयोगमा पठाउँछौँ । आयोगले यस विषयमा थप निर्णय गर्नेछ,” आचार्यले भने ।
चितवन क्षेत्र नम्बर २ मा लामिछानेले अग्रता लिइरहेका बेला सो जवाफ बुझाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेविरुद्ध नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने माग गर्दै परेको उजुरी परेपछि गत कात्तिक ३० गते आयोगले उहाँलाई स्पष्टीकरण सोधेको थियो। मङ्गलबार स्पष्टीकरणको अन्तिम दिन थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा धान उत्पादन बढ्यो
-
अभियानको म्याद थप्ने तयारीमा जसपा नेपाल
-
‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
-
भैरहवामा दैनिक १० अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सकिन्छ
-
वरुणको नक्कली भ्याट बिल प्रकरण : २९ फर्मबाट खरिद गरिएको थियो नक्कली बिजक
-
सुनको मूल्य बढी लिन ज्याला र जर्तीको 'पासो', भन्सार घटेसँगै कोटा हटाउने बहस सुरू