आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुर २ मा अग्रता बढाउँदै बर्तौला, विरोधले कति पाए मत ?

बुधबार, ०७ मङ्सिर २०७९, ०० : ०६
बुधबार, ०७ मङ्सिर २०७९

प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता बढाएका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाविरुद्ध १ हजार ३२६ मतान्तर बनाएका हुन् । 

एकीकृत समाजवादीका स्थायी समिति सदस्य खतिवडा एमालेका बर्तौलासँग लगातार पछि रहँदै आएका छन् । खतिवडा बर्तौलासँगको मतान्तर कम गर्ने कसरतमा छन् ।  

कुल ३० हजार १७० मत गणना गर्दा खतिवडाले १० हजार १ मत पाएका छन् भने एमालेका बर्तौलाले ११ हजार ३२७ मत ल्याएका छन् । यस्तै  राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४ हजार ५४ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप