आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिकमा अग्रता बढाउँदै एमाले, ‘घण्टी’लाई पछ्याउँदै माओवादी

मङ्गलबार, ०६ मङ्सिर २०७९, २३ : ५८
मङ्गलबार, ०६ मङ्सिर २०७९

आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । यस्तै तेस्रो स्थानमा रहेको घण्टी चुनाव चिह्न रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेकपा माओवादी केन्द्रले पछ्याइरहेको छ । यस्तै नेपाली कांग्रेस भने दोस्रो स्थानमा रहेको छ । 

मंगलबार मध्यरातको अद्यावधिक विवरणअनुसार पहिलो स्थानमा रहेको नेकपा एमालेले हालसम्म १ लाख ५९ हजार ५० मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ३८ हजार ४४६ मत प्राप्त गरेको छ । 
यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ७० हजार ७९५ मत प्राप्त हुँदा नेकपा माओवादी केन्द्रलाई ६६ हजार ९११ मत प्राप्त भएको छ । यस्तै पाँचौ स्थानमा रहेको राप्रपाले ३७ हजार ३३५ मत प्राप्त गरेको छ । 

यस्तै जनमत पार्टीले १२ हजार ६२६, जसपाले १२ हजार १३८, नेमकिपाले ८ हजार ६२१, एकीकृत समाजवादीले ८ हजार ५६१, नागरिक उन्मुक्ति पार्टीले ७ हजार ८३० र अन्य पार्टीले ३२ हजार ३१९ मत प्राप्त गरेका छन् । 

मधेसमा कांग्रेस, प्रदेश १, बागमती, गण्डकी, लुम्बिनीमा एमालेले अग्रता बनाएको छ भने कर्णालीमा माओवादीको अग्रता छ । सुदूरपश्चिमको भने मतपरिणाम आइसकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप