चुनाव हारेका श्री गुरुङले एक भोटका लागि खर्चिए फेसबुकमा २८२ रुपैयाँ
काठमाडौं क्षेत्र नम्बर ५ मा चुनाव लड्नका लागि आक्रामक प्रचार गरेका स्वतन्त्र उम्मेदवार श्री गुरुङ (श्रीराम गुरुङ) ले एक भोटको लागि नै फेसबुकमा २८२ रुपैयाँ खर्चिएको पाइएको छ । जम्मा २७६१ मत पाएका गुरुङले सामाजिक सञ्जलामा ५ हजार ९६८ डलर अर्थात करिब ७ लाख ७९ हजार ७ सय २९ रुपैयाँ खर्च गरेका हुन् ।
फेसबुकमा उनले प्रचार गर्न खर्चिको डलरको रेकर्डमा उनले सो रकम खर्च गरेको देखिएको हो । तर, २८२ रुपैयाँ ४० पैसा खर्च गरेपनि उनले जम्मा भोट भने २७६१ पाएका हुन् । सोही क्षेत्रबाट हारेकी स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले पनि १ लाख ४५ हजार ५२४ रुपैयाँ खर्च गरेको पाइएको छ । उनले एक भोटलाई २ सय ४२ रुपैयाँ खर्च पाइएको हो । उनले जम्मा ६०० मत पाएको निर्वाचन आयोगको रेकर्डमा उल्लेख छ ।
सोही क्षेत्रबाट चुनाव जितेका प्रदीप पौडेलले भने निर्वाचनमा फेसबुकमा प्रचार गर्न २ लाख ३४ हजार ३८६ खर्च गरेको पाइएको छ । यो आधारमा उनले सरकार १५ रुपैयाँ खर्च गरेको देखिन्छ । जुन खर्च विवरण अन्य शीर्षकमा भएको खर्च जोडिएको छैन ।
काठमाडौं ५ मा पौडेल १५ हजार २३७ मतका साथ विजयी भएका हुन् भने एमालेका ईश्वर पोखरेल १० हजार १७५ मतका साथ पराजित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता
-
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री
-
स्टोइनिसले बनाए नयाँ कीर्तिमान
-
प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबिच ‘वान टु वान’ वार्ता