मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कैलाली ४ मा बलायर र भट्टबीच रोचक प्रतिस्पर्धा

मतान्तर ४०० भित्रै अप–डाउन
मङ्गलबार, ०६ मङ्सिर २०७९, २१ : ३३
मङ्गलबार, ०६ मङ्सिर २०७९

कैलाली निर्वाचन क्षेत्र नं. ४ मा दुई डोट्याली पृष्ठभूमिका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा देखिएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वीरबहादुर बलायर र नेकपा एमालेका उम्मेदवार लेखराज भटट्बीच रोचक प्रतिस्पर्धा देखिएको हो ।

मंगलबार बिहान १३ हजार ६११ मत गणना हुँदा भट्ट बलायर भन्दा ३१३ मतले अगाडि थिए ।  भट्टले ५ हजार ७३२ मत प्राप्त पाउँदा बलायर ५ हजार ४१९ मत प्राप्त गरेका थिए । बलायरले भट्टसँग रहेको मतान्तर घटाउँदै रातीसम्म भट्टलाई पछाडि पारेका छन् ।

बलायरले १२ हजार १३४ मत पाउँदा भट्टले १२ हजार ३४ मत पाएका छन् । मतान्तर १०० रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप