पाल्पा २ मा गैरे अगाडि
मङ्गलबार, ०६ मङ्सिर २०७९, २१ : १६
पाल्पाको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)का ठाकुरप्रसाद गैरेले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणामअनुसार गैरेले छ हजार चार सय ६४ मतसहित अगाडि छन् ।
गठबन्धनबाट (नेकपा समाजवादी) का सोमप्रसाद पाण्डेयले चार हजार सात सय ३८ मतसहित गैरेलाई पछ्याइरहेका छन् । पाण्डेय र गैरे नेकपा एमालेमा रहेर तीन दशक राजनैतिक यात्रामा सहयात्री रहेका छन् ।
लामो समय एउटै पार्टीमा सहयात्री भएर राजनैतिक यात्रामा सहकार्य गरेका पाण्डेय र गैरेको चुनावी प्रतिस्पर्धाले यस पटक निर्वाचनमा समग्र पाल्पाको ध्यान क्षेत्र नं २ मा तानिएको छ ।
क्षेत्र नं २ को सदरमुकाम तानसेनस्थित बाल मन्दिरमा मतगणना भइरहेको छ । यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ९३ मतदाता छन् । निर्वाचनमा ६४ हजार दुई सय तीन मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान
-
‘माओवादी केन्द्रीय समिति बैठकमा किचिएर मरिएला कि भन्ने डर भयो’