सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

टुनिसियासँग बराबरीमा रोकियो डेनमार्क

मङ्गलबार, ०६ मङ्सिर २०७९, २० : ४६
मङ्गलबार, ०६ मङ्सिर २०७९

विश्वकप फुटबलको पहिलो खेलमा डेनमार्कले टुनिसियासँग बराबरीमा रोकिएको छ ।  मंगलबार भएको खेलमा डेनमार्कले टुनिसियासँग गोलरहित बराबरी खेलेको हो ।  समूह डी मा रहेको डेनमार्कले यो खेलमा बराबरी खेल्दै अंक बाडेको छ । दुबै टोलीको समान एक–एक अंक भएको छ ।  दुबै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्न परेको हो ।  

टुनिसियाले डेनमार्कको पोष्टमा १३ उत्कृष्ट सट प्रहार गरेपनि गोल भने गर्न सकेन ।  आज नै राति यसै समूहको अष्ट्रेलिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् ।  दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप