आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कतार विश्वकपमा अरबी फ्यानको बेवास्ता भोगिरहेछन् इजरायली मिडिया

मङ्गलबार, ०६ मङ्सिर २०७९, २० : ५२
मङ्गलबार, ०६ मङ्सिर २०७९

मध्य पूर्वमा आयोजना भइरहेको पहिलो विश्वकपमा अरब फुटबल प्रशंसकहरू इजरायली पत्रकारसँग दुरी कायम गरिरहेको पाइएको छ । उनीहरू इजरायली पत्रकारहरूलाई अन्तर्वार्ता दिन पन्छिरहेका छन् ।

यसले  केही खाडी राष्ट्रहरूले इजरायलसँग औपचारिक सम्बन्ध बनाएको दुई वर्षपछि कायम चुनौतीतर्फ इंगित गर्छ । इजरायली अधिकारीहरूले अमेरिकाको मध्यस्थतामा सन् २०२० मा युएई र बहराइनसँग र पछि सुडान र मोरक्कोसँग भएको अब्राहम सम्झौतापछि अन्य अरबी मुलुकहरूसँग पनि सम्बन्ध सामान्यीकरण हुने आसा गरेका थिए । 

इजरायलको सरकारी च्यानल कान र शीर्ष च्यानल १२ टिभीले अरब फ्यानहरूसँग अन्तर्वार्ताको प्रयास गर्दा तिनले बेवास्ता भोगिरहेका छन् ।  अनलाइन भाइरल भएको एक फुटेजमा दुई साउदी फ्यान, एक कतारी पसले तथा तीन लेबनानी फ्यानहरू इजरायली पत्रकारको अन्तरवार्ताको आग्रहलाई बेवास्ता गर्छन् । च्यानल १३ टिभीकी एक रिपोर्टरका अनुसार एक जना प्यालेस्टिनी प्रशंसकहरू उनी छेउमा आएर तिनको झण्डा लहराए र ‘घर फर्केर जा’ भन्ने नारा लगाएका थिए ।

कतारले आधिकारिक रूपमा इजरायललाई अझै राज्यको मान्यता दिएको छैन उसले प्यालेस्टिनी राज्यको स्वीकृत भए मात्र इजरायललाई राज्यको मान्यता दिने सर्त राख्दै आएको छ । तथापि विश्वकपका लागि भने उसले तेल अभिभबाट सिधा उडानका साथै रसद व्यवस्थापनका लागि इजरायली कूटनीतिज्ञको प्रतिनिधिमण्डललाई अनुमति दिएको छ ।

इजरायली प्रतिनिधिमण्डलका प्रवक्ताले १० देखि २० हजारबीचका आफ्ना देशका फुटबल प्रशंसक कतारमा रहेको र उनीहरूमाथि कुनै दुर्व्यवहार नभएको बताए । तथापि उनले पनि इजरायली मिडियाहरू बेवास्तामा परेको ‘केही घटना’ भने स्वीकारे । अमेरिकी विदेश मन्त्रालयले तेल अभीव–दोहा उडानलाई ‘जनता–जनताबीचको सम्बन्ध र आर्थिक सम्बन्धलाई सुदृढ गर्ने ठूलो सम्भावना’को रूपमा प्रशंसा गरेको छ ।

दोहाले जस्तै क्षत्रीय शक्ति साउदी अरबले पनि इजरायलसँग सम्बन्ध सामान्य बनाउन अस्वीकार गर्दै आएको छ तथापि उसले पनि २०२० देखि इजरायली विमानलाई साउदी हवाई क्षेत्रबाट उड्ने अनुमति दिएको छ । कतारमा भेटिएकी २७ वर्षीय जोर्डनी नागरिक असील शारायाहले आफूले इजरायली पत्रकार भेटेको भए पनि बेवास्ता गर्ने बताए । उनको मुलुकले सन् १९९४ मा इजरायलसँग शान्ति सम्झौतामा हस्ताक्षर गरेको भएपनि उनी इजरायलको पछिल्लो नीतिबाट रुष्ट छन् । 

जोर्डनको राजधानीमा ‘युरोपेली–जोर्डन कमिटी’मा काम गर्ने शारायाहले भने ,‘उनीहरुसँग कुरा गर्नुको कुनै तुक देख्दिन । तिनले अंगिकार गरेको नीति मुलुकहरुबीच थप सम्बन्धका विकास गर्ने सम्भावना अन्त्य गरिदिएको छ ।’ -रोयटर्सबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप