शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेलको जीत निश्चित

मङ्गलबार, ०६ मङ्सिर २०७९, २० : १९
मङ्गलबार, ०६ मङ्सिर २०७९

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी हुने निश्चित भएको छ । उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै विजय हासिल गर्ने निश्चित भएको हो । 

३ हजार ७७९ गन्न बाँकी हुँदा पौडेलले ४६११ मतान्तर बनाएका छन् । 
हालसम्म २५ हजार ९८७ मतमध्ये ४२ हजार २०८ मत गणना सकिइसकेको छ, जसमा पौडेलले १४ हजार ७७ मत प्राप्त गरेका छन् भने पोखरेलले जम्मा ९ हजार ४६६ मत प्राप्त गरेका छन् । 

अघिल्लो निर्वाचनमा पोखरेल सो क्षेत्रमा कांग्रेसका प्रकाशशरण महतलाई पराजित गर्दै विजयी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप