शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं–५ मा कांग्रेसका प्रदीप पौडेल जीत नजिक

मङ्गलबार, ०६ मङ्सिर २०७९, १९ : २८
मङ्गलबार, ०६ मङ्सिर २०७९

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल जिततर्फ अघि बढेका छन् । करिब साढे ७ हजार मत गणना हुँदा पौडेलले ३ हजार ९३८ मतको अग्रता बनाएका छन् । 

मंगलबार राति सवा ७ बजे प्राप्त मतपरिणामअनुसार पौडेलले १२ हजार ५६२ मत प्राप्त गरेका छन् भने एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ८ हजार ६२४ मत प्राप्त गरेका छन् । 

हालसम्म काठमाडौं ५ मा ३८ हजार २६४ मत गणना भइसकेको छ भने कुल गनिनुपर्ने मत ४५ हजार ९८७ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप