शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभातर्फ कर्णालीका १२ क्षेत्रमध्ये १० वटामा गठबन्धनको अग्रता, कहाँ को ?

मङ्गलबार, ०६ मङ्सिर २०७९, १९ : २६
मङ्गलबार, ०६ मङ्सिर २०७९

प्रदेश सभा अन्तर्गत कर्णालीमा रहेका २४ वटा निर्वाचन क्षेत्रमध्ये १२ वटामा मतगणना जारी छ । अहिलेसम्म रुकुम पश्चिम, सल्यान, जाजरकोट, जुम्ला र दैलेख क्षेत्र नम्बर–२ का दुई वटै प्रदेशसभा क्षेत्रको मतगणना जारी रहेको हो।  

यस्तै दैलेख क्षेत्र नम्बर १ (क) र कालिकोटको (ख)मा पनि मतगणना जारी छ । मतगणना जारी भएको १२ मध्ये यो समाचार तयार पार्दासम्म १० वटा निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् । नेकपा एमाले जुम्ला (ख) मा थोरै मतान्तरले अगाडि छ । दलगत आधारमा हेर्ने हो भने नेकपा (माओवादी केन्द्र)ले पाँच वटा निर्वाचन क्षेत्रमा लिड गरिरहेको छ भने नेपाली कांग्रेसले चार वटा क्षेत्रमा लिड गरिरहेको छ ।

जुम्ला (क)मा भनेस्वतन्त्र उम्मेदवारले लिड गरिरहेका छन् । प्राप्त पछिल्लो नतिजा अनुसार दैलेख क्षेत्र नम्बर १ (क) मा कांग्रेसका पूर्णबहादुर खत्रीले ६ हजार ५०१ मतसहित लिड गरिरहेका छन् । १३ हजार ८४९ मत गणता गर्दा एमालेका धर्मराज रेग्मीले दोस्रोमा ५ हजार ७५४ मत प्राप्त गरेका छन् भने यहाँ राप्रपा तेस्रो नम्बरमा छ । क्षेत्र नम्बर २ (क) मा कांग्रेस र (ख) मा माओवादीका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

(क) मा १ हजार ६९० मत गणना हुँदा कांग्रेसका घनश्याम भन्डारीले ८५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी एमालेका तिलक रिजालले ५७१ मत प्राप्त गरेका छन् । २ (ख) मा माओवादीका योगेन्द्र बहादुर शाहीले ७६० मतसहित एमालेका प्रदेश अध्यक्ष विनोद कुमार शाहलाई लिड गरेका छन् । शाहले ५२४ मत प्राप्त गरेका छन् । यहाँ नेमकिपाका जय बहादुर थापाले २८५ मत पाएका छन् ।

कालिकोट (क) मा माओवादीका दुर्गबहादुर रावतले एमालेका कुर्मराज शाहीलाई पछि पारेका छन् । १ हजार १२ मत गणना गर्दा रावले ५८८ मत ल्याउँदा एमालेका शाहीले ३१९ मत पाएका छन् । 
जुम्ला (क) १२ हजार ६६ मतगणना गर्दा गठबन्धनका बागी स्वतन्त्र उम्मेदवार देबेन्द्रबहादुर शाहीले कांग्रेस प्रदेश सभापति ललितजंग शाहलाई १ हजार २७९ मतान्तरले पछि पारेका छन् । उनले ५ हजार ३० मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार शाहीले ४ हजार २९ मत प्राप्त गरेका छन् ।

यहाँ एमालेको धीरेन्द्रराज गिरीले ३ हजार १४३ मत पाउँदा नेमकिपाका राजेश्वर देवकोटादले ३८६ मत पाएका छन् । जुम्ला (ख) मा ९ हजार ६५६ मतगणना हुँदा एमालेका टेकराज पछाई झिनो मतान्तरले गठबन्धनभन्दा अगाडि छन् । उनले ३ हजार ५१७ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पदम बहादुर रोकायले ३ हजार ३७६ मत पाएका छन् । रोकाय कर्णाली सरकारको भौतिक पुर्वाधार मन्त्री समेत हुन् ।

सल्यानका दुईवटै निर्वाचन क्षेत्रमा गठबन्धन अगाडि छ । (क)मा पछिल्लो नतिजा अनुसार गठबन्धनका साझा उम्मेदवार माओवादीका भिमप्रकाश शर्माले ७ हजार ५९४ मत प्राप्त गर्दा एमाले कुल बहादुर गिरी ३ हजार ८६० मत पाएका छन् । राप्रपाका शिव बहादुर ओलीले ४१५ प्राप्त गरे । (ख) मा गठबन्धनका तर्फबाट कांग्रेसका सुरेश अधिकारीले ६ हजार १६२ मत प्राप्त गर्दा एमालेका गुलाबजंग शाहले ५ हजार १७७ मत प्राप्त गरेका छन् । 

यता जाजरकोटमा पनि दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरूले अग्रता लिएका छन्। (क) मा हालसम्म गणना भएको १५ हजार ६२६ मत मध्ये कांग्रेसका वेदराज सिंहले ९ हजार ३२० मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका डम्बर बहादुर सिंहले ५ हजार ३३४ मत पाएका छन् । कांग्रेसका सिंहले एमालेका सिंहलाई ३ हजार ९८५ मतान्तरले पछि पारेका छन् । यहाँ गठबन्धनका बागी उम्मेदवार कमान बहादुर खड्काले ९२३ मत पाएका छन्।

जाजरकोट (ख) मा हालसम्म गणना भएको १८ हजार ३९२ मत मध्ये राजिव विक्रम शाहको पक्षमा ९ हजार ९८२ मत रहेको छ । उनले एमालेका खिम बहादुर शाहीलाई ३ हजार २५ मतान्तरले पछि पारेका छन् । शाहीले ६ हजार ९५७ मत पाएका छन् । यहाँ राप्रपाका कृण्ण बहादुर शाहीले ३३९ मत पाएका छन् । रुकुम पश्चिमका दुईवटै क्षेत्रमा माओवादीका उम्मेदवारहरु अगाडि छन् । (क) मा माओवादीका महेन्द्र केसीले १ हजार ४१९ मत पाउँदा एमालेका नारायण कुमार शाहले ४३८ मत पाएका छन् । 

यस्तै राप्रपाको विनोद कुमार शाह १७९ मत पाएका छन् । (ख)  मापनि माओवादी केन्द्रका राजकुमार शर्माले ४९९ मतसहित अग्रता कायम गरेका छन् । यहाँ एमालेका कर्णबहादुर घर्तीले ३०१ मत पाएका छन् भने राप्रपाका निर्जल केसीले २० मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप