एमाले र कांग्रेसले समानुपातिकमा १ लाख मत कटाउँदा माओवादी चौथो स्थानमा
![एमाले र कांग्रेसले समानुपातिकमा १ लाख मत कटाउँदा माओवादी चौथो स्थानमा](https://rpcdn.ratopati.com/media/albums/dal_chinna_INEJip0rVn.jpg)
आइतबार सम्पन्न निर्वाचनको प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी रहेको छ । मंगलबार साँझ पौने ७ बजेको मतपरिणामअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले १ लाख मत कटाएका छन् । माओवादी केन्द्र भने चौथो स्थानमा रहेको छ ।
यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहँदा राप्रपा पाँचौ र जनता समाजवादी पार्टी छैटौँ स्थानमा रहेको छ । निर्वाचन आयोगका अनुसार एमालेलाई १ लाख २४ हजार ३५४ र कांग्रेसलाई १ लाख ५ हजार ६६६ मत प्राप्त भएको छ । यस्तै तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५४ हजार ३१४ मत प्राप्त हुँदा माओवादी केन्द्रलाई ४७ हजार ६४१ मत प्राप्त भएको छ ।
यस्तै राप्रपाले २९ हजार ४८६, जसपाले ९ हजार ३७७, जनमत पार्टीले ८ हजार ७३७ र नेमकिपाले ७ हजार ८२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ती पार्टीलाई ६ हजार ४२२ मत प्राप्त भएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीले ५ हजार ९०२ मत प्राप्त गर्दा अन्य पार्टीले २४ हजार २७३ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा