साहित्य–सृष्टि बाल वाङ्मय साधना सम्मान मानन्धरलाई
बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले साहित्य–सृष्टि बाल वाङ्मय साधना सम्मान–२०७९ बाट पहिलो पटक नेपाली बाल साहित्यका विशिष्ट साधक शान्तदास मानन्धरलाई समर्पण गर्ने भएको छ ।
बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा बसेको बैठकले मानन्धरलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशि २५ हजार रुपियाँ नगदसहित सम्मानपत्र रहेको छ ।
सम्मानका लागि साहित्यकार प्रमोद प्रधान, उनकी श्रीमती ब्युटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले रू. ५ लाखको अक्षयकोष स्थापना गरेका हुन् ।
यसैगरी उक्त पुरस्कार वितरण कमिटीको बैठकले ‘राकुपा बाल वाङ्मय बाल प्रतिभा पुरस्कार’को राशि रू. १० हजार पुर्याउने निर्णय पनि गरेको छ । सो पुरस्कारका लागि वरिष्ठ हास्यव्यङ्ग्य लेखक एवं बाल साहित्यकार प्रा. रामकुमार पाँडेले रू. २ लाख ११ हजार १११ को अक्षयकोष स्थापना गरेका छन् । यो पुरस्कार २० वर्षभन्दा मुनिका स्रष्टाका कृतिहरूमध्ये उत्कृष्ट ठहरिएको कृतिलाई प्रदान गर्न स्थापना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह