बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचित भएलगत्तै मदनको शालिकमा माल्यार्पण गर्न पुगे कृष्णगोपाल

मङ्गलबार, ०६ मङ्सिर २०७९, १६ : ५७
मङ्गलबार, ०६ मङ्सिर २०७९

नेकपा एमालेका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं ९ बाट दोस्रो जित हासिल गरेका एमाले नेता कृष्णगोपाल श्रेष्ठले आफ्नो जित सम्पूर्ण मतदाताको जित भएको बताएका छन् । निर्वाचन अघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९ सय ९५ मतले पछि पार्दै आठौं पटक उम्मेदवारी बनेर चौथो जित निकालेका श्रेष्ठले यो जित आफ्नो नभइ सम्पूर्ण मतदाताको भएको बताएका छन् ।

निर्वाचित भएलगत्तै प्रतिकृया दिँदै श्रेष्ठले भने, ‘मलाई अझै उत्साह थपिएको छ, अब जनताको घर घरमा गएर थप काम गर्नेछु । जनताको योजना अनुसार विकास निर्माणको गतिलाई थप तीब्र गतिमा लौजानेछु ।’ 
काठमाडौं क्षेत्र नम्बर ९ मा ४३ हजार ६७ मत  खसेकोमा श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याएका छन् ।

श्रेष्ठका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकवहादुर पोखरेलले १० हजार ९ सय ६१ मत ल्याएका थिए ।  गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी  धमलाले ६ हजार ४ सय २ मत पाइन् ।  विसं २०४८ पछि भएको निर्वाचनमा आठ पटक उम्मेदवार बनेका श्रेष्ठ एमालेका स्थायी कमिटी सदस्य हुन् ।

यसअघि तत्कालीन ओली सरकारका शहरी विकास, शिक्षा , विज्ञान तथा प्रविधि, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, श्रम रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्री बन्ने भाग्यमानी नेतामा पर्छन् ।  श्रेष्ठ यसअघि २०४८, २०५१, २०७४ र यो निर्वाचनमा निर्वाचित भएका थिए । 

निर्वाचित भए लगत्तै श्रेष्ठ बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गर्न पुगेका छन् । त्यसअघि मतगणना स्थलबाट कुलेश्वरस्थित निर्वाचन परिचालन कार्यालय पुगेका श्रेष्ठ आजै स्युचाटार र लगनस्थित सम्पर्क कार्यालयमा पुगेर मतदातालाई धन्यवाद दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप