मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

मङ्गलबार, ०६ मङ्सिर २०७९, १२ : ०१
मङ्गलबार, ०६ मङ्सिर २०७९

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ । धनकौल गाउँपालिका–५ छठिघाट पुलस्थितमा बरहथवाबाट मधुवनी जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा सितामढी घर भएका ४० वर्षीय मुकेश राय यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिआर–३० जेड ४८७४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी बिजय यादवले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

मोटरसाइकल पछाडि सवार सर्लाही बलरा–५ घर भएका संजय यादव घाइते भएका छन् । उनको बारास्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप