शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्विटर : एलन मस्कले ब्लु टिकको रिलञ्च रोके, रङसमेत फेरिने संकेत

मङ्गलबार, ०६ मङ्सिर २०७९, १० : ०१
मङ्गलबार, ०६ मङ्सिर २०७९

अमेरिकी अर्बपति एलन मस्कले माइक्रोब्लगिङ साइट ट्विटर खरिद गरेदेखि धेरै नयाँ प्रयोग गर्दै आएका छन् । अब उनले ट्विटरमा प्रमाणित खाताहरूसँग सम्बन्धित ब्लू टिकको रिलञ्चिङलाई केही समयका लागि रोकेका छन् ।

कम्पनीले यो सुविधाको दुरुपयोग रोकिने कुरामा विश्वस्त नहुँदासम्म यसलाई रोक्ने उनले बताए ।​ मस्कले भेरिफाइड अकाउन्टसँगै देखिने यो चिन्हको रङ पनि फेरिन सक्ने सम्भावना व्यक्त गरेका छन् ।

यसकारण ट्विटर लज्जित हुनुपरेको थियो । यसैकारण यो सेवालाई हालका लागि रोकिएको छ ।​ ट्विटर किन्दा मस्कले ट्वीटमार्फत कम्पनीको बारेमा धेरै ठूला घोषणाहरू गर्दै आएका छन् ।

यसअघि उनले ब्लु टिकका लागि आठ डलर लिने घोषणा गरेका थिए । त्यसपछि धेरै ट्विटर ह्यान्डलले नक्कली नामबाट आफूलाई भेरिफाइ गराएका थिए ।

जसका कारण ट्विटरलाई अप्ठ्यारो स्थितिको सामना गर्नु परेकोथियो । यही कारणले गर्दा यो फिचर तत्कालका लागि बन्द गरिएको हो ।

मस्कले आज बिहान अर्को ट्विटमा विभिन्न अड्कलबाजीका बीच सोसल मिडिया साइटमा प्रयोगकर्ताको उपस्थिति बढेको छ ।

उनले लेखेका छन् कि गत हप्ता ट्वीटरले हरेक दिन १६ लाख सक्रिय प्रयोगकर्ता थपेको छ र यो अहिलेसम्मकै ठूलो संख्या हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप