आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुर - १ एमालेका थापासंग मतान्तर बढाउँदै कांग्रेसकी डिना

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०७ : ४२
मङ्गलबार, ०६ मङ्सिर २०७९

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर(१ मा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा विरुद्ध सत्ता गठबन्धनबाट कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मतान्तर बढाएकी छिन् । डिनाले एमालेका उम्मेदवार थापा विरोध १ हजार ५५२ मतको फराकिलो अन्तर बनाएकी छिन् । 

हालसम्म कुम ११ हजार ५४ मत गणना गर्दा डिनाले ५ हजार २४७ मत पाएकी छिन् भने थापाले ३ हजार ६९५ मत पाएका छन् । यता राप्रपाका दीपक बहादुर सिंहले पनि हजार मत कटाएका छन् । उनले हालसम्म १ हजार १० मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप