शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम नवलपरासी -२ मा राप्रपाका प्रधानको अग्रता

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०७ : ४०
मङ्गलबार, ०६ मङ्सिर २०७९

पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले अग्रता कायम राखेका छन् । प्रधानले ४९१२ मत प्राप्त गर्दा कांग्रेसका देवेन्द्रराज कँडेलले १६६२ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका दीपेन्द्र अधिकारीले १३६८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय उन्मुक्ति पार्टीका उम्मेदवारले ६२२ मत प्राप्त गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ४१० मत प्राप्त गरेका छन् भने हर्न र ट्राफिक प्रहरी चिन्हका उम्मेदवारले क्रमशः २५२ र १३ मत प्राप्त गरेका छन् । त्यस्तै माछा, चपाकल धारा, जग, खरायो र घर चिन्हका उम्मेदवारले क्रमशः ५१, ३३, १८, १५ र १२ मत प्राप्त गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप