आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता सुरुदेखि कायमै

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०६ : ५७
मङ्गलबार, ०६ मङ्सिर २०७९

कैलाली निर्वाचन क्षेत्र नं–३ मा नागरिक उन्मुक्ति पार्टीले आफ्नो सुरु देखिको अग्रता कायम राखेको छ । मंगलबार बिहान ६ बजेको मतपरिणाम अनुसार नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार गंगा चौधरीले आफ्नो अग्रता कायमै राखेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार ३६ हजार १६६ मत गणना हुँदा गंगा चौधरीले १२ हजार ६८ मतका साथ शीर्ष स्थानमा छन् ।

उनलाई वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले पछ्याइरहेका छन् । उनी १० हजार १६४ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरी ६ हजार ६८८ मतका साथ तेस्रो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप